गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोना संक्रमणको नयाँ भेरियन्टसँगै भारतीय पक्षले प्रवेशमा रोक लगाएकाले पर्यटकको चहलपहलमा कमी आएको बताए।
महेन्द्रनगर– कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ।
गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोना संक्रमणको नयाँ भेरियन्टसँगै भारतीय पक्षले प्रवेशमा रोक लगाएकाले यहाँ पर्यटकको चहलपहलमा कमी आएको बताए।
सन् २०२३ मा गड्डाचौकी नाकाबाट ९८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। यहाँबाट भित्रिनेहरू प्रायः भैरहवाको नाकाबाट भारत जाने गरेका उनको भनाइ थियो।
“यहाँबाट फ्रान्स, नेदरल्यान्ड, अमेरिका, बेलायत र जर्मनलगायत मुलुकका नागरिक नेपाल भ्रमणका लागि बढी भित्रिने गरेका छन्। दोस्रो भेरियन्टपछि पर्यटकको फिर्तीका लागि व्यवस्था मिलाउन माथिल्लो निकायमा पत्राचार गर्नाका साथै स्थानीयस्तरबाट पहल गरिएको थियो,” नासु भट्टले भने, “तर अझै नाका भने सहज गरिएको छैन।”
यहाँबाट नेपाल प्रवेश गर्ने पर्यटक लुम्बिनी, पोखरा र बर्दियालगायत स्थानमा जान बढी रुचाउने गरेको उनले जानकारी दिए। “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत यहाँका पर्यटकीयस्थलका बारेमा नाकामा कुनै खाले प्रचार नै भएन,” नासु भट्टले भने, “केही दिनअघि मात्रै शुक्लाफाँटाको एउटा बोर्ड राखिएको छ।”
त्यसैगरी, केही समयअघि गृहजिल्ला कञ्चनपुर पुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसित पनि पर्यटकका लागि नाका सहज गरिदिनेबारे कञ्चनपुर उद्योग वाणिज्य संघलगायत यहाँका व्यापारी र व्यवसायीले माग गरेका थिए।
जिल्ला उद्योग वाणिज्य संघका महासचिव खगेश्वरप्रसाद बोहराले नाकाबाट पर्यटक जाने विषयमा मन्त्रीस्तरमा वाणिज्य संघले पहल गरे पनि सुनुवाइ नभएको बताए।
“पर्यटकलाई नेपाल भित्रिँदा पनि २५ हजार रुपैयाँभन्दा बढी रकम ल्याउन पनि नदिएको गुनासो छ,” उनले भने, “त्यसका लागि पनि हामीले पहल गरिदिन आग्रह गर्दै आएको छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
