मंगलबार संकटाले एपीएफमाथि ७–१ गोल अन्तरले जित हात पारेको छ।
काठमाडौँ– संकटा क्लबले जारी एन्फा यू१६ युथ लिग फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)माथि फराकिलो गोल अन्तरको जित हात पारेको छ। ललितपुरस्थित एन्फा कम्प्लेक्समा मंगलबार संकटाले एपीएफमाथि ७–१ गोल अन्तरले जित निकालेको हो।
कृष्णबहादुर आलेको ह्याट्रिक प्रेरित संकटाले विभागीय टोलीमाथि सहज जित निकाल्न सफल भयो। जितसँगै संकटा ९ खेलबाट १९ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। संकटाभन्दा एक खेल कम खेलेको मच्छिन्द्र क्लब १७ अंकसहित दोस्रो स्थानमा छ।
खेलको ११औँ मिनेटमा कृष्णबहादुरको गोलबाट संकटाले अग्रता लिएको थियो। त्यसपछि २६औँ मिनेटमा स्वयमभक्त श्रेष्ठ, ३६औँ मिनेटमा दिलन लिम्बू र पहिलो हाफको थप समयमा कृष्णबहादुरले दोस्रो गोल गरे।
५३औँ मिनेटमा सबिनकुमार लुंगेली मगरले गोल गर्दै संकटालाई ५–० को अग्रता दिलाए। तीन मिनेटपछि नै एपीएफले एक गोल फर्कायो। तर, त्यसपछि थप दुई गोल बेहोर्यो।
संकटाका लागि छैटौँ गोल अरुण श्रेष्ठले ८१ औँ मिनेटमा गरे। कृष्णबहादुरले इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। यससँगै संकटाले जारी लिगमा छैटौँ जित निकाल्यो। आठौँ खेलमा चौथो हार बेहोरेको एपीएफ ११ अंकसहित पाँचौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
