कोशीको सभामुखमा अम्बरबहादुर विष्ट निर्वाचित

कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्।

काठमाडौँ– कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट चयन भएका छन्। 

मंगलबार कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले विष्ट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

उनलाई सत्ता गठबन्धनले सभामुखमा अघि सारेको थियो। पछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समर्थन गरेको थियो।

सभामुखको उम्मेदवारी दिँदा उनको प्रस्तावकमा सांसद भक्तिप्रसाद सिटौला र समर्थकमा सांसद प्रेमराज थाम्सुहाङ थिए। उनी राप्रपाका तर्फबाट समानुपातिक सांसद हुन्। 

सभामुख निर्वाचित भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा विष्टले सबै दलको समन्वयमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।