संसद्को प्रमुख काम कानून निर्माण हो। प्रतिनिधिसभाको निर्वाचनपछि २०७९ पुस २५ गते पहिलो बैठक बसेको थियो। त्यसयता बजेट सम्बन्धीबाहेक जम्मा एउटा कानून बनेको छ। कस्ता काममा बित्यो प्रतिनिधिसभाको एक वर्ष?
काठमाडौँ– २०७९ मंसिर ४ गतेको निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बसेको थियो। त्यसयता अहिलेसम्म दुई वटा अधिवेशन भएका छन्।
पहिलो अधिवेशन २०७९ पुस २५ गते शुरू भएर २०८० वैशाख १५ गतेसम्म चल्यो, यस अवधिमा ९२ घण्टा ३० मिनेट बैठक बसेको संसद् सचिवालयले जनाएको छ। यस्तै ५० मिनेट संयुक्त बैठक बसेको थियो। दोस्रो अधिवेशन गत वैशाख २४ गतेदेखि शुरू भएर कात्तिक १६ गते स्थगित भएको थियो। यस अवधिमा २४४ घण्टा ५० मिनेट बैठक बसेको थियो। सात घण्टा पाँच मिनेट संयुक्त बैठक बसेको थियो।
संसद् सचिवालयका अनुसार यस एक वर्षमा प्रतिनिधिसभाको कुल ९३ वटा बैठक बसेको छ। यी बैठकमा कुल ३३७ घण्टा २० मिनेट छलफल चलेको छ। दुवै सदनको संयुक्त बैठकसमेत गरी जम्मा ३४५ घण्टा प्रतिनिधिसभाको बैठक बसेको छ।
कुन महिना प्रतिनिधिसभाका कति बैठक बसे?
संसद्का केही तस्वीरहरू
यो एक वर्षमा प्रतिनिधिसभाका केही बैठक सम्झनलायक रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७९ पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिए। तर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत ६ गते उनले पुनः विश्वासको मत लिनुपरेको थियो। यसैगरी माघ ५ गते प्रतिनिधिसभाका सदस्य देवराज घिमिरे सभामुख पदमा निर्वाचित भए।
प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ माघ २७ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिन्। नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले २०८० कात्तिक १४ गते बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरे।
केही महत्त्वपूर्ण बैठकहरू
संसदीय अभ्यासमा सांसद र मन्त्रालयको प्रश्नोत्तरलाई महत्त्वपूर्ण मानिन्छ। सांसदले लिखित वा मौखिक जवाफ माग्दै मन्त्रालयलाई प्रश्न गर्न पाउँछन्। त्यस्ता प्रश्न उनीहरूले संसद सचिवालयमा दर्ता गर्नुपर्छ। एक वर्षमा सांसदले विभिन्न मन्त्रालयलाई पहिलो अधिवेशनमा ७७ र दोस्रो अधिवेशनमा १६८ वटा मौखिक र लिखित प्रश्नहरू संसद् सचिवालयमा दर्ता गरे।
सांसदले कुन मन्त्रालयलाई कति प्रश्न गरे?
प्रतिनिधिसभा अन्तर्गत १० वटा समिति छन्, दुई वटा समिति प्रतिनिधिसभा र राष्ट्रियसभाका संयुक्त छन्। प्रतिनिधिसभा अन्तर्गतका समिति हुन्– अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता, कानून, कृषि, महिला तथा सामाजिक, राज्य व्यवस्था, पूर्वाधार विकास, शिक्षा, सार्वजानिक लेखा समिति। संयुक्त अन्तर्गत राज्यका निर्देशक सिद्धान्त र सार्वजनिक सुनुवाइ समिति पर्छन्।
विगत एक वर्षमा बसेका समितिका बैठक संख्या
संसद्को सबैभन्दा महत्त्वपूर्ण काम कानून निर्माण हो। एक वर्षमा प्रतिनिधिसभाले कानून निर्माणमा उल्लेख्य भूमिका खेल्न सकेन। बजेटसम्बन्धी विधेयकलाई छाड्ने हो भने संसद्ले एक वर्षमा एउटा मात्र कानून बनायो। त्यस्तै, सरकारले यस अवधिमा बजेट सम्बन्धीबाहेक १० वटा विधेयक प्रतिनिधिसभामा दर्ता गरायो। तीमध्ये केही विधेयक समितिमा छन् भने केही सभामा दर्ता मात्र भएर बसेका छन्।
सरकारले प्रतिनिधिसभामा दर्ता गराएका विधेयक

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
