सर्बिया, पोल्यान्ड, माल्टा पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा ६ जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीले विभिन्न देश पठाइदिन्छु भन्दै रकम उठाएर ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले सर्बिया, पोल्यान्ड, मलेसिया, माल्टा पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा आइतबार र सोमबार उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
सर्बिया पठाइदिन्छु भन्दै १३ लाख ५० हजार ठगी गरेको अभियोगमा उदयपुरको कटारी नगरपालिका–१ घर भई हाल ललितपुरको च्यासल बस्ने ४२ वर्षीय विकाशकुमार घले र काठमाडौँ महानगरपालिका–९ सिनामंगल शम्भूमार्ग बस्ने टोकियो ओभरसिसका कर्मचारी ३९ वर्षीय सञ्जय लामालाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरीले घलेलाई महाबौद्धबाट सोमबार दिउँसो र लामालाई सिनामंगलबाट आइतबार दिउँसो पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।
यस्तै, पोल्यान्ड पठाइदिन्छु भन्दै दुई लाख १५ हजार ठगी गरेको अभियोगमा दोलखा भीमेश्वर नगरपालिका–५ घर भई काठमाडौँको तार्केश्वर नगरपालिका–८ जरंखु बस्ने ३० वर्षीया पूजा श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने भनी ठगी गरेको प्रहरीले जनाएको छ।
यसैगरी, मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा रौतहटको बुद्धावन नगरपालिका–४ घर भई काठमाडौँ–३१ शान्तिनगर बस्ने ३२ वर्षीय विन्दालाल साह कानुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
साहले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सिनामंगलबाट पक्राउ गरेको जनाइएको छ।
त्यस्तै, प्रहरीले माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका–८ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–५ धापासी बस्ने क्यापिटल म्यानपावरका सञ्चालक ४४ वर्षीय टंकप्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका–४ घर भई ललितपुर, ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेका छन्।
वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक ८० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टंकप्रसादले एक जना पीडितबाट तीन लाख र विक्रमले एक जनालाई मासिक एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी आठ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले टंकप्रसादलाई काठमाडौँ वसुन्धराबाट र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
