रामबहादुर बम्जन पक्राउ

सीआईबीको टोलीले आफूलाई तपस्वी भनेर चिनाउने रामबहादुर बम्जनलाई पक्राउ गरेको छ।

काठमाडौँ– आफूलाई तपस्वी भनेर चिनाउने रामबहादुर बम्जन पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बम्जनलाई पक्राउ गरेको पुष्टि गरे। उनी काठमाडौँबाट पक्राउ परेका हुन्। विस्तृत विवरण बुधबार सार्वजनिक गरिने प्रवक्ता अधिकारीको भनाइ छ।

बम्जनमाथि बलात्कार, आनी बेपत्ता, यातना दिएको लगायतका आरोप छन्। प्रहरीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो।