काठमाडौँ– नेपाल प्रहरीका १६ नायब महानिरीक्षक (डीआईजी)को काज तथा सरुवा भएको छ। गृह मन्त्रालयले मंगलबार गरेको डीआईजीको सरुवाका क्रममा प्रदेश प्रहरी प्रमुखहरू फेरिएका छन्। त्यस्तै, ब्युरोमा रहेका डीआईजीहरूको समेत जिम्मेवारी हेरफेर भएको छ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखामा साबिक दरबन्दी रहेका डीआईजी चन्द्रकुबेर खापुङको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरुवा भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगन्जबाट डीआईजी यज्ञविनोद पोखरेल मधेश प्रदेश प्रहरी कार्यालयमा पुगेका छन्।
त्यस्तै, प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा निर्देशनालय, नक्सालबाट डीआईजी विष्णुकुमार केसीको बागमती प्रदेश प्रहरी कार्यालयमा सुरुवा भएको छ भने प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालबाट विकासराज खनाल गण्डकी प्रदेश प्रहरी कर्यालय पुगेका छन्।
त्यस्तै, प्रहरी महानिरीक्षकको सचिवालयबाट डीआईजी कुबेर कडायतको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सुरुवा हुँदा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट डीआईजी लालमणि आचार्य कर्णाली प्रदेश प्रहरी कार्यालय पुगेका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जबाट डीआईजी रवीन्द्र केसीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पुग्दा त्यहाँबाट डीआईजी भरतबहादुर बोहराको प्रधान कार्यालयको कार्य विभाग कार्य निर्देशनालय सरुवा भएको छ।
सरुवा/काज भएका डीआईजीहरूको सूची



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
