यस्तो रहनेछ बुधबारको मौसम

कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पनि कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। राति, कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

देशभर चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।