कञ्चनपुरका बेदकोट र दोधारा चादँनी नगरपालिकाले विद्यालय समायोजन गरिसकेका छन्। अन्य पालिका प्रक्रियामा छन्।
महेन्द्रनगर– कञ्चनपुरमा स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन्।
जिल्लामा नौ पालिकामा ५७ सामुदायिक विद्यालय छन्। भीमदत्त नगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरी तयार गरिने प्रतिवेदनका आधारमा व्यवस्थापन गर्ने जनाएको छ।
भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख कलावती मिश्रले सामुदायिक विद्यालयको अनुगमन जारी रहेको बताउनुभयो। “४० वटा विद्यालयको समग्र अवस्थाबारे स्थलगत अनुगमन भइसकेको छ। धेरैमा विद्यार्थी घटेका छन्,” उनले भने, “सो क्रममा विद्यार्थीको संख्या, विद्यालयको अवस्था र विद्यालयबीचको दूरीलगायतका विषय बुझ्ने काम भइरहेको छ।” प्रतिवेदनपछि मात्रै विद्यालय समायोजनदेखि व्यवस्थापनका विषय अघि बढ्ने जानकारी दिए।
त्यसैगरी, शुक्लाफाँटा नगरपालिकाले गत वर्ष नै विद्यालय समायोजन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालय अनुगमन गरिसकेको छ। शिक्षा शाखाका प्रमुख सुरेशप्रसाद भट्टले गत वर्ष शैक्षिकसत्र शुरू भइसकेकाले समायोजनको निर्णय हुन नसकेको बताए। “यहाँ रहेका ३२ वटा सामुदायिक विद्यालयमध्ये तीनदेखि चार वटासम्म समायोजन हुने भन्ने छ,” उनले भने, “त्यसका लागि कार्यदलसमेत पालिकामा बनेको छ।” उनले यो वर्ष पालिकामा विद्यालय समायोजन भइसक्ने बताए।
त्यसैगरी कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाले सामुदायिक विद्यालयमा समायोजन गरिसकेको छ। शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले यहाँ एउटा सामुदायिक विद्यालय समायोजन गरिएको बताए। “दोधारा चादँनीमा २३ वटा सामुदायिक विद्यालयबाट समायोजन गरेर २२ रहे,” उनले भने, “दरबन्दी मिलान पनि सोहीअनुसार भइसकेको छ।”
बेल्डाँडी गाउँपालिकाले पनि समायोजन कार्य अघि बढाउन सामाजिक विकास समितिका संयोजकको संयोजकत्वमा १२ सदस्यीय कार्यदल बनाएको छ। “कार्यदलले यहाँ रहेका १४ वटै विद्यालय अनुगमन गरी प्रतिवेदन बनाएर पालिकाका अध्यक्षलाई बुझाएको छ,” बेल्डाँडी गाउँपालिका शिक्षा शाखाका प्रमुख भानुभक्त जोशीले भने, “अध्यक्ष र कार्यपालिकाबाट निर्णय हुन बाँकी छ।”
शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका प्रमुख दीपक कलौनीले कञ्चनपुरमा बेदकोट र दोधारा चादँनी नगरपालिकामा एक–एक विद्यालय समायोजन भएको जानकारी दिए। कञ्चनपुरमा कुल २५९ सामुदायिक विद्यालय सञ्चालित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
