न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वभरका ५२ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई ३७औँ नम्बरमा राखेको छ।
काठमाडौँ– न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ।
न्युयोर्क टाइम्सले सार्वजनिक गरेको ५२ गन्तव्यको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै सन् २०२४ मा घुम्नुपर्ने पर्यटकीय स्थलमा ३७औँ नम्बरमा राखिएको छ।
हिमालपारीको जिल्लाको नामबाट परिचित मुस्ताङ धवलागिरि र निलगिरि दुई अग्ला हिमशिखरबीचमा अवस्थित छ। तीन हजार वर्षभन्दा अगाडिको उत्खनन अनुसार यहाँ नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका थियो।
लोमान्थाङ ऐतिहासिक दरबार, लोमान्थाङ, मुक्तिनाथ, टुकुचे निलगिरी हिमाल, धवलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिकलगायत मुस्ताङका प्रमुख पर्यटकीय स्थल हुन्।
यसैगरी धार्मिक हिसाबले पनि यो जिल्लाको महत्त्व रहेको छ। मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा रहेका छन्।
सदरमुकाम जोमसोमदेखि उत्तरतर्फ भोटे गुरुङ, विष्ट र ठकुरी जातीको बाहुल्य छ भने दक्षिणतर्फ थकालीसहित अन्य जातीको बसोबास छ।
न्युयोर्क टाइम्सले सार्वजनिक गरेको लिस्टमा नर्थ अमेरिका शीर्ष स्थानमा छ भने फ्लोरिडा ५२औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
