भारतले नेपालबाट भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको प्रधानमन्त्री दाहालको दाबी छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले नेपालमा लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत् किन्नेमा भारतको असहमति रहेको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला भएको ‘नेपाल–भारत १० वर्षमा १० हजार मेगावाट विद्युत् सम्झौता’ भएको थियो।
उक्त सम्झौतामा भारतले चीन सरकारले प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत् किन्नेबारे असहमति जनाएको प्रधानमन्त्रीको भनाइ थियो।
“भारतले बनाएका परियोजनाको मात्रै विद्युत् लैजाने भनेको हो की भन्ने छ। यसमा क्लियर हुन जरुरी छ। नेपालमा विभिन्न देशले लगानी गरेर विद्युत् विकास गर्ने स्वतन्त्रता सबैलाई छ,” उनले भने, “भारत सरकारको कन्सर्न चीन सरकारले प्रत्यक्ष लगानी गरेका आयोजनाको लिनेमा उहाँहरूको रिजर्भेसन छ। यसबारे पनि संवाद गर्दैछौँ।”
ग्लोबल टेन्डर आह्वान गरी निर्माण भएको विद्युत्लाई चीन सरकारले उत्पादन गरेको भन्न नमिल्ने कुरा आफूले राखेको उनले उल्लेख गरे। सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत् व्यापारको ढोका खुलेको दाबी गरे।
त्यस्तै, भारतले नेपालमा आफूले बनाएका कम्पनीबाट उत्पादित विद्युत् मात्रै लैजाने भन्नेकुरा सत्य नरहेको उनले जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
