दाङ–१ मा मेटमणिको अग्रता कायमै, पछ्याउँदै शान्ता चौधरी

दाङ १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता लिँदा नेकपा एमालेकी शान्ता चौधरीले पछ्याइरहेकी छन्।

काठमाडौँ– दाङ-१ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले आग्रता कार्यमै राखेका छन्। शहरी विकासमन्त्रीसमेत रहेका चौधरीले १२५ मत प्राप्त गरेका छन्।

उनलाई नेकपा एमालेकी शान्ता चौधरीले पछ्याइरहेकी छन्। उनले ६९ मत प्राप्त गरेकी छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ५४ मत र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले १८ मत प्राप्त गरेका छन्।