काठमाडौँ महानगरपालिकाले शहरमा हरियाली बढाउन रोपेका बिरुवा स्याहारसुसार नपाएर मर्न थालेका छन्।
काठमाडौँ– कुनै पनि संरचना बनाउनुभन्दा त्यसलाई जोगाइराख्न सक्नु चुनौतीपूर्ण काम मानिन्छ। वृक्षारोपणमा यो झन् बढी लागू हुन्छ।

वर्षाद्का बेला बिरुवा रोप्दैमा कर्तव्य पूरा हुँदैन। त्यसको हुर्काइ र स्याहारसुसारमा अझ बढी मिहिनेत र लामो लगावको जरूरत पर्छ। त्यसकारण साना बिरुवाले नहुर्केसम्म रोप्नेबाट रेखदेख चाहन्छन्।

काठमाडौँ महानगरपालिकाले शहरमा हरियाली बढाउन रोपेका बिरुवा स्याहारसुसार नपाएर मर्न थालेका छन्। मानिस हिँड्ने बाटोसमेत नराखेर रोपिएका बिरुवा केही उखेलिएका, केही मलजलको अभावमा मर्न थालेका त केही झारले छोपिएका छन्।

यी बिरुवा हुर्कंदा कति ठूला हुन्छन्, सडक र बिजुलीको लाइनलाई असर पार्छन् कि पार्दैनन्, हावापानी सुहाउँदो छ कि छैन, वातावरणमा कस्तो प्रभाव पर्छ लगायतका विषयमा रोप्नुअघि नै सावधानी नअपनाइँदा पनि बिरुवा हुर्कन समस्या पर्ने गरेको छ। वातावरणलाई हानि गर्ने बिरुवासमेत सुन्दरताका लागि भन्दै काठमाडौँका कतिपय सडकमा रोपिएका देखिन्छन्।

शहरको हरियाली प्रवर्द्धनका लागि काठमाडौँ महानगरपालिकाले सडकको दायाँबायाँ, विष्णुमती करिडोर, बागदरबार, त्रिपुरेश्वर, स्वयम्भू आसपास लगायतका क्षेत्रमा वृक्षारोपण गरेको थियो। रोपिएका बिरुवा कपुर, धूपी र समीका छन्।

वृक्षारोपणले महानगरपालिकाको हरियाली प्रवर्द्धनसँगै फुटपाथको अतिक्रमण रोक्न टेवा पुग्ने जनाइएको थियो। तर यिनको संरक्षण हुन नसक्दा बिरुवामा लगानी, बालुवामा पानी भनेजस्तै भएको छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
