बुधबार ०.४५ प्रतिशतले बढेर नेप्से २ हजार ८९.६२ को विन्दुमा पुगेको छ।
काठमाडाैँ– शेयर बजारमा लगातार सुधारको क्रम बुधबार पनि जारी रह्यो। नेप्से परिसूचक ९.५० अंक बढेको छ। बुधबार ०.४५ प्रतिशतले बढेर नेप्से २ हजार ८९.६२ को विन्दुमा पुगेको छ।
बुधबार एक करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९.६२ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। आज ३०१ कम्पनीको कारोबार भएकोमा ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीकै शेयर मूल्य घटेको छ। ११ कम्पनीको शेयर मूल्य स्थिर रह्यो। तर, पाँच कम्पनीको शेयर मूल्यमा सर्किट स्तरमा कारोबार भएको छ।
१३ मध्ये ६ उपसमूहको समूहगत सूचक बढेको छ। आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालय रिइन्स्योरेन्स लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी, ङादी ग्रुप अफ पावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्दा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५.९५ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा सोनापुर मिनरल्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, ङादी ग्रुप अफ पावर, हाथवे इन्भेस्टमेन्ट लगायत अगाडि छन्। सोनापुरको ३२ करोड ७८ लाख र रिलायबल लाइफको २८ करोड ८७ लाखको शेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
