भारतको गुजरातमा आयोजित 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट'मा बोल्दै उनले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र सूचना प्रविधिका क्षेत्रमा लगानीको ठूलो अवसर रहेको बताएका छन्।
काठमाडाैँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुन भारत र अन्य देशका लगानीकर्तालाई निम्तो दिएका छन्।
भारतको गुजरातमा आयोजित 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४' मा सहभागी विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्रीहरू र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा.महतले निम्तो दिएका हुन्। त्यस क्रममा मन्त्री डा. महतले भने,"नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदैछ। यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्ताहरूलाई पनि निम्तो गर्छु। तपाईंहरूको इनोभेटिभ बिजनेस आइडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु।"
उनले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र सूचना प्रविधिका क्षेत्रमा लगानीको ठूलो अवसर रहेको बताउँदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवा जस्ता लगानीका अन्य सम्भावित क्षेत्रहरू पनि रहेको जानकारी गराए।
उनले भने, "दिगो र समावेशी वृद्धिलाई प्रवर्द्धन गर्नका लागि व्यावसायिक सञ्जाल, ज्ञान आदानप्रदान र रणनीतिक साझेदारीका लागि यो विश्वव्यापी फोरम अब सबैका लागि एउटा फोरम भएको छ।"
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २००३ मा परिकल्पना गरेको भाइब्रेन्ट गुजरात अवधारणाको प्रशंसा पनि गरे। समयको आर्थिक, सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशहरूका लागि उक्त अवधारणा प्रेरणाको स्रोत भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
