मन्त्री भुसालले तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको पनि बताएका छन्।
काठमाडाैँ– कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिएका छन्।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री भुसालले यस्तो निर्देशन दिएका हुन्। उनले चैतभित्रमा किसानहरूको दूधको भुक्तानी दिन निर्देशन गरेको भन्दै अहिले डीडीसीको मात्रै नभएर प्राइभेट क्षेत्रबाट पनि किसानहरूले भुक्तानी नपाएको समस्या रहेको बताए। दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डीडीसी)का महाप्रवन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बारे पनि जानकारी दिए।
मन्त्री भुसालले धान उत्पादनको धेरै महत्त्व रहेकाले तराईमा सिँचाइ सुविधा पुर्याउन आवश्यक रहेको बताए। तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
"धान उत्पादनको महत्व ठूलो छ। आर्थिक वर्ष २०७८/७९मा लिएको कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टरमा खेती गरिरहेका छौैँ। त्यसमध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती गरिएको छ। धान खेतीको ६८ प्रतिशत हिस्सा तराईमा हो। तर १७ प्रतिशत मात्रै बालिमा सिँचाइ हुन्छ। बाँकी आकाशे पानीको भरमा हो। त्यसैले तराईमा सिँचाइमा जोड दिन खाजेको हो," उनले भने, "तराईमा पानीको स्रोतहरू सुक्दै गएकाले चुरे फेदीबाट पूर्वपश्चिम नहर बनाउनु पर्छ। नदी प्रणालीलाई जोड्नुपर्छ। त्यो गर्नुको विकल्प छैन। त्यो नगर्ने हो भने तराई मधेश मरुभूमि हुन्छ। हामी अनिकालले मर्छौं।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
