उनीहरूले एक वर्षदेखि घर भाडामा लिई स्विट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ।
काठमाडौँ– अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज कारोबार गरेको फेला परेपछि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ‘अपरेसन केक’ शुरू गरेको छ। उक्त अपरेसनअन्तर्गत प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरेको छ।
‘अपरेशन केक’ जारी रहने ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार यही पुस २२ गते काठमाडौँमा विशन मानन्धर पक्राउ परेका थिए। ब्यूरोले टोली परिचालन गरी मंगलबार थप दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको उनले बताए। पक्राउ पर्नेमा काठमाडौँको सोह्रखुट्टेका २६ वर्षीय मोहमद फाजिल र काठमाडौँको दक्षिणकाली नगरपालिका–३ का २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन्।
दुवै जनाले ललितपुरको एकान्तकुनामा घर भाडामा लिई केक र कुकिजमा गाँजा मिसाएर कारोबार गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक जोशीले बताए। प्रहरीले उनीहरूको कोठाबाट १.१०० किलोग्राम गाँजा, १.५६८ किलोग्राम डाँठसहितको गाँजा, बिक्री गर्न राखेको १.९ किलोग्राम केक, एक थान माइक्रोओभन, ९०० ग्राम बटर तथा १.३ किलोग्राम कुकिज बरामद गरेको छ।
फाजिल र जैसीले एक वर्षदेखि घर भाडामा लिई स्विट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
