गत मंसिर २२ गते बिहान चुनिखेलस्थित एक रिसोर्टमा १५ वर्षीया नाबालिकामाथि बलात्कार भएको थियो।
काठमाडौँ– एक बालिकालाई बन्धक बनाएर बलात्कार गरेको घटनामा काठमाडाैँ जिल्ला अदालतले दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। बुधबार बसेको न्यायाधीश दिनबन्धु बरालको इजलासले दुई जनाको हकमा भने धरौटीमा छोड्न आदेश दिएको छ।
उक्त बलात्कार घटनामा पीडितलाई पैसा दिएर घटना सामसुम पार्न खोज्ने सुजन श्रेष्ठसमेत चार जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। १५ वर्षकी बालिकालाई बन्धक बनाई बलात्कार गर्ने ३५ वर्षीय सुजन श्रेष्ठ र अर्का प्रतिवादी रोहन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। प्रतिवादी रोमन श्रेष्ठ र होटल सञ्चालक राजेश श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। उनका अनुसार अदालतले रोमनलाई ३ लाख र राजेशलाई २ लाख धरौटीमा छाडन आदेश गरेको हो।
गत मंसिर २२ गते बिहान चुनिखेलस्थित होटेल फरेस्ट भ्यु रिसोर्टमा १५ वर्षीया नाबालिकामाथि बलात्कार भएको थियो। प्रहरीले घटनामा संलग्न सिन्धुपाल्चोक घर भएका भीमसेनगोला बस्ने सुजन श्रेष्ठ, मूलपानीका रोमन श्रेष्ठ र रोहन श्रेष्ठ तथा चुनिखेलका राजेश श्रेष्ठलाई पक्राउ गरेर शरीर बन्धक तथा जबर्जस्तीकरणी मुद्दामा अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि पुस १७ गते अदालतमा मुद्दा दायर भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
