यस्तो रहनेछ बिहीबारको मौसम

कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

काठमाडौँ– नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसको कारण कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहेको छ।

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ। जसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना छ।

दिउँसो, कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

यसैगरी, राति कोशी र बागमतीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशभर चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बिहानदेखि लागेको हुस्सु र कुहिरो अपराह्नपछि क्रमिक रूपमा सुधार हुनेछ।