ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक दल वा दलसम्बद्ध संगठन निर्माण, आमसभा, गोष्ठी, बैठक, सभासम्मेलन गर्न रोक लगाएको छ।
ताप्लेजुङ– ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ।
‘विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका, २०६८’ जारी भए पनि शैक्षिक क्षेत्र प्रभावित हुने गतिविधि नरोकिएकाले गाउँपालिकाले कडाइका साथ लागू गर्ने निर्णय गरेको छ।
विद्यालय हाताभित्र वा विद्यालयको सम्पत्ति प्रयोग गरी राजनीतिक दल वा दलसम्बद्ध संगठन निर्माण, आमसभा, गोष्ठी, बैठक, सभा सम्मेलन गर्न नपाइने गाउँपालिकाले जनाएको छ। सो निर्देशिकालाई पूर्ण रूपमा लागू गर्न गाउँपालिकाले २०८०/०८१ को नीति तथा कार्यक्रममा स्पष्ट व्यवस्था गरेको जनाउँदै विद्यालय क्षेत्रमा राजनीतिक गतिविधि रोक्न थप कडाइका साथ लाग्ने निर्णय गरेको छ।
गाउँपालिकाले हालै सूचना जारी गर्दै विद्यालय शान्ति क्षेत्र ढाँचा कार्यान्वयनमा उल्लेख भएअनुसार कुनै पनि समूहद्वारा विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिलाई प्रभाव पार्ने गरी हातहतियार देखाउने, त्रास फैलाउने, कुटपिट गर्ने, विद्यालय बन्द गराउने, बल प्रयोग गर्ने, धम्की दिने, चन्दा आतंक मच्चाउनेलगायत गतिविधिमा पूर्ण रूपमा रोक लगाउने निर्णय भएको र सोहीअनुसार गर्न गराउन सचेत गराएको छ।
विद्यालय क्षेत्रलाई शान्त र बालमैत्री बनाउन गाउँपालिकाको उक्त निर्णयलाई कडाइका साथ कार्यान्वयन गराउन स्थानीय तह, विद्यालय, राजनीतिक दल, दल सम्बद्ध संघसंस्था र शैक्षिक पेसागत संघसंगठनलाई गाउँपालिकाले आग्रहसमेत गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
