सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको आईएलओको प्रतिवेदनमा उल्लेख छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले श्रम बजारमा बेरोजगारीको दर झन् बढ्दै जाने अनुमान गरेको छ।
संगठनको सन् २०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रतिवेदनले यो वर्ष विगतभन्दा धेरै मानिस बेरोजगार बन्ने देखाएको हो। सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ।
सन् २०२४ मा विश्व बजारमा २० लाख नयाँ श्रमिक आउनेछन्। जसकारण बेरोजगारी दर विगतभन्दा धेरै अर्थात् ५.२ प्रतिशतसम्म पुग्न सक्नेछ। सन् २०२३ मा यस्तो दर ५.१ प्रतिशत मात्रै थियो। आईएलओले कोरोनापछि आर्थिक अवस्था कमजोर भए पनि श्रम बजारमा आश्चर्यजनक रूपमा लचिलो भएको र बहुपक्षीय संकट देखा पर्दा सामाजिक न्याय नपाउने सम्भावनामा खतरा हुँदै गएको जनाएको छ।
सन् २०२४ मा २० धनी राष्ट्रमासमेत खर्चयोग्य आयमा गिरावट आउने र उच्च र निम्न आय भएका देशबीच रोजगार पाउने अवस्थामा निकै अन्तर रहेको आईएलओको भनाइ छ। “सन् २०२३ मा उच्च आय भएको देशमा रोजगारीको दर ८.२ प्रतिशत थियो भने निम्न आय भएको देशमा २०.५ प्रतिशत थियो,” आईएलओले भनेको छ, “सन् २०२३ मा उच्च आय भएको देशमा ४.५ प्रतिशत बेरोजगारदर थियो भने निम्न आय भएको देशमा ५.७ प्रतिशत थियो।”
यो वर्ष काम गर्ने गरिब श्रमिक बढ्ने आईएलओको दाबी छ। सन् २०२३ मा दैनिक २.१५ डलरभन्दा कम कमाउने कामदारको संख्या बढेर १० लाख पुगेको थियो। प्रतिदिन ३.६५ डलरभन्दा कम कमाउने श्रमिकको संख्या ८४ लाख पुगेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
