भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित सडकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा नगरप्रवक्ता खड्काको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रवक्ता एवं ६ नम्बर वडाका अध्यक्ष महेन्द्र खड्का मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा खड्का मृत भेटिएको जानकारी दिए। उनको बुधबार राति मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
“बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको र उहाँको मृत्यु भएको प्रहरीको अनुमान छ,” एसपी थापाले भने, “रातिको समयमा घटना भएको देखियो।” भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराइएको उनले बताए।
घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको एसपी थापाले बताए। खड्का बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
