सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार एक विज्ञप्ति जारी गर्दै लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको जनाएका छन्।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। 

क्यान अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार एक विज्ञप्ति जारी गर्दै लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको जनाएका हुन्। 

काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो। 

अदालतको पुस १३ को फैसलाले उनलाई बलात्कार अभियोगमा दोषी ठहर गरेको थियो भने पुस २५ गते आठ वर्ष कैद तथा तीन लाख रुपैयाँ जरिबाना र दुई लाख क्षतिपूर्ति तोकेको थियो।