काठमाडौँ महानगरको सहयोगमा उपत्यका प्रहरीले गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर पत्ता लगाउने अत्यधुनिक क्यामेरा प्रयोगमा ल्याएको छ।
काठमाडौँ– नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ। जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ।
अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौँ उपत्यकामा भित्रिएको छ। काठमाडौँ महानगरको सहयोगमा उपत्यका प्रहरीले त्यसरी भागेका गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर पत्ता लगाउने क्षमताको अत्यधुनिक क्यामेराको प्रयोगमा ल्याएको छ।
जसलाई ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा’ (एएनपीआर) भनिन्छ। मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ। सिटबेल्ट लगाएको छ कि छैन, चालकले धूमपान गरेर गाडी चलाएको छ कि” फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ। अनि नम्बरप्लेटलाई पनि रिड गरेर पठाउँछ।
आधुनिक प्रविधियुक्त उक्त क्यामेराले गाडीको नम्बरप्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर सर्भरमा पठाउने हुँदा ट्राफिकिङमा यसले ठूलो सहयोग गर्ने विश्वास गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।
“मानौँ कुनै गाडी दुर्घटना गराएर भाग्यो। त्यसको रङ मात्रै थाहा भयो। तर नम्बरप्लेट पहिचान भएन भने उक्त क्यामेराले त्यो बाटो भएर गएको गाडीको नम्बरप्लेट रिड गरेर राख्छ र सर्भरमा पठाउँछ,” मैनालीले भने। त्यसपछि त्यो रङको सबै गाडीको नम्बर पहिचान हुने र यातायातसँग समन्वय गरेर गाडी धनीसम्म पुग्न सकिने उनले बताए।
“मानिसले सत्य नबक्न पनि सक्छ। तर प्रविधि र प्रमाणले सत्य बक्नै पर्छ। त्यसकारण तथ्यमा आधारित भएर प्रमाण जुटाउन यसले सहयोग गर्छ,” मैनालीले थपे, “अहिले हामीले कोटेश्वरको मुनिभैरव, नयाँ बसपार्क र महाराजगन्ज क्षेत्रमा जडान गरेका छौँ।”
आधुनिक प्रविधि भएकाले नेपाली र इम्बोष्ट नम्बरलाई पनि क्याप्चर गर्छ। उनका अनुसार चारवटा मुनिभैरवमा, चारवटा महाराजगन्ज क्षेत्रमा र दुई बसपार्क क्षेत्रमा जडान गरिएको छ। त्यसले सूचनाहरू उपत्यका प्रहरीको कन्ट्रोलमा पठाउँछ। त्यसबाट विश्लेषण गरेर आवश्यक काम गर्न सकिन्छ।
यसअघि प्रहरीलाई ‘हिट एन्ड रन’ का घटनामा व्यक्ति र गाडी पहिचान गर्न गाह्रो हुन्थ्यो। अब यो राखेपछि दुर्घटनाबाट भागेको गाडी पत्ता लगाउन सकिन्छ। कालो गाडी थियो भनेर पत्ता लागेपछि कालो गाडी जतिको नम्बरप्लेट क्यामेराले पहिचान गर्छ, त्यसपछि यातायातसँग समन्वय गरेर धनी पत्ता लगाउन सकिन्छ।
यसलाई अब विस्तार गर्दै लैजान जरुरी रहेको उपत्यका प्रहरीले जनाएको छ। अरू पालिकाले पनि सहकार्य गर्ने कुरा भइरहेको छ। अब यो आर्थिक वर्षभरिमा काठमाडौँका नाकामा राख्ने योजना रहेको मैनालीले जानकारी दिए।रातिको समयका लागि समेत यसले काम गर्छ। गाडीको लाइट काटेर नम्बर क्याप्चर गर्ने क्षमता यसको रहने बताइन्छ।
उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा १७० वटा राख्न लागिएको छ।
फेसरिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) १५० स्थानमा जडान गर्न लागिएको छ। उक्त प्रविधि जडानमा सिनर्जी आइटी सोलुसन काठमाडौँको प्राविधिक सहयोग रहेको छ। सोलुसनका कार्यकारी निर्देशक मनोज खड्काले विभिन्न प्रविधियुक्त ती क्यामेराले फरक–फरक रूपमा काम गर्ने बताए।
उनले फेसरिड क्यामेराले अपराधी पत्ता लगाउन सहज हुने बताए। हराएको कुनै व्यक्तिको फोटो सेट गरेको खण्डमा उक्त क्यामेराले त्यो व्यक्ति त्यस क्षेत्रमा पुगेको फेला पारेमा रिड गरेर पठाउँछ। भिडभाडमा यसले व्यक्ति पत्ता लगाउन सजिलो हुने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
