नेप्सेमा झिनो अंकको गिरावट, ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

बिहीबार ६ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ। मंगलबार नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ को विन्दुमा कायम भएको हो।

बिहीबार ३०७ कम्पनीको शेयर कारोबार हुँदा १२१ वटा बढ्यो भने ११७ वटाको घट्दा नौ वटा कम्पनीको शेयर मूल्य परिवर्तन भएन। 

बिहीबार दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता शेयर किनबेच हुँदा चार अर्ब ३० करोड ७८ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार पाँच अर्ब १३ करोडको कारोबार भएको थियो।

१३ मध्ये चार उपसमूहको मात्र समूहगत सूचक बढेको छ। बिहीबार ६ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङको शेयर १० प्रतिशत बढेको हो।

६ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। नेपाल एसबीआई बैंक ऋणपत्रको शेयर मूल्य ९.६० प्रतिशतले घटेको छ।