बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्लाही जिल्ला अदालतले आदेश दिएको छ।
काठमाडौँ– रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्लाही जिल्ला अदालतले आदेश दिएको छ। बिहीबार बसेको न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राखेर कारबाही गर्न आदेश दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले बताए।
"माघ ७ गतेको लागि साक्षी बकपत्र तोकेको छ, त्यतिन्जेल पुर्पक्षका लागि थुनामा राखेर कारबाही गर्न आदेश भएको छ," उनले भने।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बम्जनलाई गत मंगलबार बूढानीलकण्ठस्थित घरबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको थियो। बम्जनले आफ्नो आश्रममा रहेका आनीहरूलाई बलात्कार गरेको, बेपत्ता पारेको लगायत आरोपमा वि.स. २०७६ को माघ २३ गते सर्लाही जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
