चालु आर्थिक वर्षमा अर्थतन्त्रका बाह्य सूचकहरूको अवस्था बलियो देखिएको छ।
काठमाडाैँ– चालु आर्थिक वर्षमा भुक्तानी सन्तुलन, कुल विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स आप्रवाहलगायत अर्थतन्त्रका बाह्य सूचकहरूको अवस्था बलियो देखिएको छ।
राष्ट्रबैंकले सार्वजनिक गरेको 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन' अनुसार, चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर)सम्म भुक्तान सन्तुलन २ खर्ब १० अर्ब ५९ करोडले बचतमा देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ४५ अर्ब ८६ करोडले मात्र बचतमा रहेको थियो।
यस्तै, कुल विदेशी विनिमय सञ्चितिमा पनि उल्लेख्य वृद्धि भएको छ। असार मसान्तको तुलनामा मंसिसम्म आइपुग्दा १४.८ प्रतिशतले बढेर विदेशी मुद्राको सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको छ। २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड थियो।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा मंसिर मसान्तमा १३.६ प्रतिशतले बढेर १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। यो सञ्चितिले १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने केन्द्रीय बैंकले जनाएको छ। पाँच महिनाको अवधिमा चालु खाता १ खर्ब ४० अर्ब २३ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोडले घाटामा थियो।
यस्तै, साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। पोहोरको यही अवधिको भन्दा रेमिट्यान्स २७.६ प्रतिशतले बढेको हो। राष्ट्रबैंकको प्रतिवेदनले अघिल्लो महिना मुल्यवृद्धि पनि कम देखाएको छ। मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। पोहोर मंसिरमा मुल्यवृद्धि ७.३८ प्रतिशत रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
