के तपाईंले सुक्खा माटोमा परेको झरीपछि आउने गन्ध महसुस गर्नुभएको छ? यदि छ भने त्यो गन्धलाई तपाईंकोतिर के भन्छन्?
के तपाईंले सुक्खा माटोमा परेको झरीपछि आउने गन्ध महसुस गर्नुभएको छ? यदि छ भने त्यो गन्धलाई तपाईंकोतिर के भन्छन्?
अंग्रेजी भाषामा भने उक्त गन्धलाई जनाउने एक विशेष शब्द छ। मिचिगनको विन विश्वविद्यालयले ‘लामो समयदेखि हराएका’ र पुनरागमनका लागि आवश्यक केही त्यस्तै शब्दहरूको १५ औँ वार्षिक सूची सार्वजनिक गरेको छ। ती शब्दहरूमा ‘ब्लाथरस्काइट’, ‘डोलोप’, ‘रग्याबिट्स’, ‘पेट्रिकोर’लगायत रहेका छन्।
विश्वविद्यालयले ‘शब्द योद्धा कार्यक्रम’ नै ल्याएको छ, जसले लामो समयदेखि प्रयोगमा आउन छाडेका तर पूर्णरूपमा नबिर्सिएका शब्दहरूको पुनरुत्थान गर्ने लक्ष्य राखेको छ। विभिन्न वेबसाइट तथा सार्वजनिक तहबाट प्राप्त सुझावको आधारमा शब्दहरूको छनोट गरिएको विश्वविद्यालयले जनाएको छ।
‘ब्लाथरस्काइट’– बिना अर्थको लम्बाचौडा कुरा गर्ने मान्छे, ‘करग्लाफ’–पहिलोपटक पानीमा डुब्दा झट्का महसुस हुनु, ‘डोलोप’– निराकार पिण्ड वा वस्तुको रास, ‘क्याफीक्ल्याच’– अनौपचारिक सामाजिक जमघट र ‘प्वकी’– हास्यको उपहास वा निन्दनीय भावना भएको लगायत शब्द यो वर्ष थपिने शब्द सूचीमा परेका छन्।
“शब्द योद्धा समूहले शब्दहरू प्रदान गरेका छन्, जसले हाम्रो भाषालाई थप जीवन्त बनाउनेछ,” शब्द योद्धा कार्यक्रमका प्रमुख तथा वेन विश्वविद्यालयका विभागीय सहनिर्देशक क्रिस विलियम्सले भनेका छन्।
यो वर्षको थप्नुपर्ने शब्दसूचीमा परेको अर्को शब्द हो, ‘पेट्रिकोर’– पहिलो झरीपछि सुक्खा माटोबाट आएको गन्ध। ‘पेटिफोगर’–एक निम्न कानून व्यवसायी, ‘रग्याबिट’, आत्मविश्वासका साथ बोल्ने तर बेमत्लबी मान्छे, ‘थन्डरप्लम्प’– आँधीबेहरीको समयमा हुने भारी वर्षा र ‘ट्वेंकल’ औँलाको सहायताले बजाउन मिल्ने एक प्रकारको वाद्ययन्त्र।
“यस वर्षको शब्दसूची विशेषगरी विचारोत्तेजक छ,” विलियम्स भन्छन्, “मलाई गृष्मको मेघगर्जनपछि भिजेको माटोबाट आएको गन्ध सुँघ्दै, गितारको ‘ट्वेंकल’ सुन्दै आफैलाई चित्रण गर्न मन पर्छ। यो शब्दसंकलन गजबको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
