रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। वैदेशिक रोजगारीका लागि दुई वर्षअघि कतार पुगेका उनी त्यहीँबाट सेनामा भर्ती हुन रुस पुगेका थिए।
प्युठान– रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन्।
मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारीअनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन्। निजले नै उनको मृत्युको खबर दिएका हुन्।
प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएका बताए। नगरप्रमुख योगी नेतृत्वको टोलीले भोलि सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त दुःखद खबरबारे थप जानकारी दिइने थापाले बताए।
छिमेकी थापाले यस घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको बताए। उनका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
