वीरगन्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको परीक्षणमा दुई व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ। दुवै जना भारतको कोलकत्ताबाट आएका थिए।
पर्सा– वीरगन्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ। उनीहरू दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ को संक्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिइन्।
प्रयोगशाला प्राविधिक साहका अनुसार बिहीबार एक जना नेपाली र बुधबार एक जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको हो। नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बुधबार र बिहीबार करिब १०० भन्दा बढी व्यक्तिमा एन्टिजेन परीक्षण गरिएको थियो।
कोरोना संक्रमण पुष्टि दुवै जना कोलकत्ताबाट रेलको यात्रा गरी आएका थिए। नेपाली नागरिकलाई वीरगन्जकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने भारतीय नागरिकलाई बुधबार नै भारतीय प्रहरीको जिम्मा लगाइएको छ।
उनीहरूमा लिइएको नमूना जिन सिक्वेन्सिङका लागि जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको वीरगन्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए। हाल सो हेल्थ डेस्कमा दैनिक २०० देखि २५० जनाको स्क्रिनिङ र ५० देखि ६० जनाको एन्टिजन परीक्षण भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
