तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

काठमाडौँ– नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसका कारण कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, राति कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशीको पहाडी भूभागमा आंशिक बदली रहनेछ।

तराईका अधिकांश स्थानमा बिहान लागेको हुस्सु र कुहिरो अपराह्नपछि भने क्रमिक रूपमा हट्दै जानेछ।  

जसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।