नेपालसँग नामिबिया ६ रनले पराजित

नेपालका दीपक डुम्रेले सर्वाधिक ३२ रनको योगदान दिए। उनी २२ बलमा नटआउट रहे। आकाश त्रिपाठीले ३३ बलमा २१ रन बनाए। 

फाइल तस्वीर।

काठमाडौँ– नेपालले आईसीसी यू१९ विश्वकपअघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ। 

१४२ रनको विजयी लक्ष्य पछ्याएको नामिबिया २९.५ ओभरमा १३५ रन बनाएर अलआउट भयो। वर्षाको कारण खेल ३० ओभरमा झारिएको थियो।

नामिबियाका कप्तान बसिंग भोल्स्चेंकले सर्वाधिक ५० रनको योगदान दिए। मोफ्फेटले १८ बलमा १८ रन बनाए।

नेपालका गुलशन झा र आकाश चन्दले समान ३–३ विकेट लिए।

त्यसअघि दक्षिण अफ्रिकामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो।

नेपालका दीपक डुम्रेले सर्वाधिक ३२ रनको योगदान दिए। उनी २२ बलमा नटआउट रहे। आकाश त्रिपाठीले ३३ बलमा २१ रन बनाए। 

यसअघि नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ रनले हराएको थियो। जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’मा रहेको छ।