एमाले अध्यक्ष ओली गठबन्धनभन्दा दोब्बर मतले अगाडि

६ हजार २२५ मत गणना हुँदा ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्।

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ मा विपक्षी गठबन्धनका उम्मेदवारभन्दा दोब्बर मतले अघि छन्।

६ हजार २२५ मत गणना हुँदा ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५२३ मत प्राप्त गरेका छन्।