मीनाका दुई छोराहरू आठ वर्षीय योगेन्द्र र चार वर्षीय प्रकाश मोतिविन्दुको शल्यक्रिया गरेपछि संसार देख्न सक्ने भएका छन्। नेपाल नेत्रज्योती संघले आँखाको उपचार गरिदिएको हो।
काठमाडौँ– दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई हिजोआज खुशीको सीमा छैन। आफ्ना सन्तानले संसार देख्न थालेपछि उनलाई आइलागेको दुःखको पहाड र पिरको भारी कम भएको छ।
“भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन्। मेरा छोरालाई संसार देखाउने डाक्टर धन्य छन्। अब मेरा पनि सुखका दिन फर्किए,” उनले भनिन्। अब आठ वर्षीय जेठो छोरा योगेन्द्र र चार वर्षीय छोरा प्रकाश विद्यालय जाने तयारी गर्दैछन्।
चरम आर्थिक अभावका कारण मीनाले छोरालाई अस्पताल पुर्याउन सकेकी थिइनन्। बिहान–बेलुका छाक टार्न नै धौधौ थियो। छाक टार्न आफैँ मेलापात गर्नुपर्थ्यो। नेपाल नेत्रज्योति संघले कर्णालीमा सञ्चालन गरेको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्राविधिकले मीनाको दुःख पत्ता लगाएका थिए। प्रारम्भिक चरणमा योगेन्द्र र प्रकाशको आँखा परीक्षण गर्दा जन्मजात मोतिविन्दु भएको पाइएको थियो।
ती प्राविधिक कर्मचारीले शल्यक्रियामार्फत आँखाको दृष्टि फर्किन सक्ने जनाए। र, संघद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालमा उपचारका लागि तत्काल जान भने। त्यसपछि मीना छोराहरू लिएर अस्पताल गइन्। अस्पतालले बिरामीलाई खाने, बस्ने र उपचारका लागि लाग्ने खर्च निःशुल्क गरिदिएको थियो। “मेरा छोराहरूलाई उज्यालो संसार देखाइदिनुहुने डाक्टरलाई धेरै धेरै धन्यवाद,” उनले भनिन्, “अब मेरा छोरा पनि देख्न सक्ने भएका छन्।” एक महिना अवधिमा दाजुभाइको दुईवटै आँखाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ। आफ्नो छोरा पनि अरू बच्चा जस्तै विद्यालय जान सक्ने हुँदा मन रमाएको मीनाले सुनाइन्।
विगतमा उनी आफ्नो छोरा पनि पढ्ने, लेख्ने र खेल्ने गरेको हेर्ने ठूलो चाहना राख्थिन्। घर नजिकको विद्यालयसम्म पनि जान सकेका थिएनन्। उनले कलिलै उमेरमा आफूभन्दा २६ वर्ष जेठो व्यक्तिसँग विवाह भयो। गरिबी, त्यसमाथि अमिल्दो उमेरका श्रीमान्। मीना भन्छिन्, “घरधन्दा, खेतबारीदेखि बस्तुभाउको स्याहारसुसारमा नै मेरा दिन बिते। बच्चा हुर्किँदै गए। रोग लागेको पत्तै भएन। श्रीमान्ले कमाउन नसकेपछि घरबार धान्नेदेखि छाक टार्नेसम्मको जोहो मेरै काँधमा आयो। उपचार गर्नभन्दा परिवार पाल्न ध्यान दिनै पर्यो।”
नेत्रज्योती संघका पैरवी अधिकृत कृष्ण भट्टराईले संघअन्तर्गत सञ्चालित आँखा अस्पतालले विपन्न आँखा रोगीको निः शुल्क उपचार गरिरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
