शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको उद्योगको लाइन जडान गर्ने निर्णय गरेको छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा काटिएको विद्युत् लाइन जडान गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको उद्योगको लाइन जडान गर्ने निर्णय गरेको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
“मन्त्रिपरिषद्ले निर्णय गरेलगत्तै लाइन जोडिहाल्ने भन्ने हुँदैन। ऊर्जा मन्त्रालयले बिहीबार दिउसो मात्र पत्र पठायो। शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले निर्णय गर्यो,” उनले भने, “भारतबाट आयात गर्नुपर्ने हुँदा पावरको सिनारियो हेर्नुपर्छ। त्यही अनुसार डिमान्ड गरेर लाइन जोड्नुपर्ने हुन्छ। आज वा भोली जोडिन्छ।”
यता, सरकारको निर्देशनपछि पनि विद्युत्को लाइन नजोडिएको भन्दै उद्योगीहरूले आपत्ति जनाएका छन्। मन्त्रिपरिषद्को गत मंगरबारको बैठकले डेडिकेटड र ट्रंकलाइन विवाद समाधानका लागि पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग बनाउने निर्णय गरेको थियो। उक्त आयोगले निर्णय नगरुन्जेलसम्म लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो। तर, पनि कार्यान्वयन नभएको भन्दै उद्योगीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।
२०७५ सालदेखिको विद्युत् महसुल विवाद अन्त्य गरी आयोग बनाउने निर्णय सकारात्मक भएको र आयोगलाई छानबिनका क्रममा पूर्ण सहयोग गर्ने उनीहरूको प्रतिबद्धता छ। यस्तै प्राधिकरणले बक्यौता विद्युत् महसुल किस्ताबन्दीमा बुझाउन भन्दै पुस २४ मा प्रकाशन गरेको सूचनामा पनि ध्यानाकर्षण भएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
