जुम्लामा ज्ञानेद्र शाहीलाई प्रारम्भिक अग्रता

राप्रपाका ज्ञानेन्द्र शाही ६९ मतसहित अग्रता लिँदा ने‍कपा माओवादी केन्द्रकी गोमा गौतम २० मतसहित पछ्याइरहेकी छन्।

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जुम्लामा राप्रपाले प्रारम्भिक अग्रता लिएको छ। 

राप्रपाका ज्ञानेन्द्र शाही ६९ मतसहित अग्रता लिँदा ने‍कपा माओवादी केन्द्रका गोमा गौतम २० मतसहित पछ्याइरहेकी छन्।

जुम्लामा नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गर्दा नेमकिपाका डिल्लीराज काफ्ले ३ मत पाएका छन्। यहाँ मतगणना जारी रहेको छ।