सञ्चारमन्त्री रेखा शर्माले संसद् अधिवेशन माघ तेस्रो साताबाट शुरू हुने जनाउँदै त्यहाँ पेस गर्ने गरी चलचित्रसम्बन्धी ऐन तयार पारिरहेको बताइन्।
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताएकी छन्।
शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ लाई प्रतिस्थापन गर्ने गरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले सरकारले हिउँदे अधिवेशन माघ तेस्रो साताबाट बोलाउने तयारी थालेको बताएकी हुन्।
उनले आगामी संसद् अधिवेशनमा पेस गर्ने गरी सरकारले चलचित्रसम्बन्धी ऐनको तयारी गरिरहेको पनि बताइन्। “आउने अधिवेशन माघको १८ वा २० तिरबाट शुरू हुन्छ। संसद् अधिवेशनमा पेस गर्ने गरेर हामीले यो चलचित्रसम्बन्धी ऐनलाई तयार गरेर पठाउने तयारीमा छौँ,” उनले भनिन्।
उनले नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेकाले चलचित्रको गुणस्तरीयतामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्। नेपाली चलचित्र विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने उनको भनाइ छ।
“अहिले हामीलाई बाहिरका चलचित्र चल्छन्, तर नेपाली चलचित्र चल्दैनन् भन्ने छ। कलाकारलाई समस्या छ। यो समस्या हटाउन हामीले छलफल गर्नुपर्छ। गुणस्तरीयतामा हामीले विशेष ध्यान दिनुपर्छ,” उनले भनिन्।
मन्त्री शर्माले राज्यले पनि स्वदेशी चलचित्रको प्रवर्द्धनमा बढी ध्यान दिन आवश्यक रहेको उल्लेख गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
