राप्रपा अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र फरक मत रहेको र यसबारेमा केन्द्रीय कार्यसमिति बैठकपछि उचित निर्णय लिने बताए।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको स्वीकार गरेका छन्।
शुक्रबार पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र फरक मत रहेको बताएका हुन्।
उनले एउटा मत सभामुख लिनु नहुने पक्षमा रहेको र अर्को मत सभामुख लिनु राम्रो हुने पक्षको रहेको उल्लेख गर्दै यस विषयमा पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरिने बताए।
“अहिले पक्ष/विपक्षमा कुरा गर्नुभन्दा पनि हाम्रो केन्द्रीय कार्यसमितिको बैठकपछि यसलाई उचित निर्णयमा छौँ,” उनले भने। उनले आफू देशबाहिर भएको बेलामा कोशी प्रदेशले निर्णय गरेर सभामुख लिएको पनि स्पष्ट पारे।
कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका थिए। त्यसलगत्तै राप्रपा केन्द्रीय निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनीले आपत्ति जनाएका थिए। सभामुखमा दाबीको निर्णयबारे केन्द्रीय कार्यसम्पादन समितिमा छलफल हुनुपर्ने माग उनको थियो।
अध्यक्ष लिङ्देनले राप्रपाले फागुनबाट राजधानीकेन्द्रित आन्दोलन गर्ने पनि बताएका छन्। शान्तिपूर्ण ढंगले जनदबाब सिर्जना गर्ने गरी आन्दोलन गरिने उनको भनाइ छ। “हाम्रा तर्फबाट पूर्ण रूपमा शान्तिपूर्ण हुनेछ। त्यो कुनै नाम मात्रको आन्दोलन हुने छैन। व्यापक हुनेछ। त्यसले देशमा परिवर्तन ल्याउने नै छ,” उनले भने।
अध्यक्ष लिङ्देनले गणतन्त्रवादी राजनीतिक दलहरू र राजासमेत एकै ठाउँमा बसेर देशमा नयाँ प्रकारको समझदारी गर्नुपर्ने बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रूपमा राजा हुने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। प्रदेशलाई खारेज गर्दै केन्द्र र स्थानीय तहलाई बलियो बनाउनुपर्ने उनको धारणा छ।
उनले राष्ट्रियसभाको अस्तित्वका सम्बन्धमा पनि पुनः विचार गर्नुपर्ने बताए। जनप्रतिनिधिको संख्यामा व्यापक कटौती गर्नुपर्ने र संवैधानिक निकायमा नियुक्ति दिँदा योग्यता र क्षमताको आधारमा दिनुपर्ने बताए। वर्तमान निर्वाचन प्रणाली भ्रष्ट भएको, पूर्ण समानुपातिक प्रतिनिधिसभाको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
