काजल बनिन् अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री

काजल श्रेष्ठ अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन्।

काठमाडौँ– काजल श्रेष्ठ अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन्। अन्तर्राष्ट्रिय तेक्वान्दोले लिएको परीक्षामा उत्तीर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौँ जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन्। 

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाकी काजलले गत डिसेम्बर ७ देखि १० तारिखसम्म अन्तर्राष्ट्रिय तेक्वान्दोले कोरियाको मुजुमा लिएको परीक्षामा सामेल भएकी थिइन्। काजल १३औँ दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता हुन्। 

काजलले सन् २०२३ अगस्टमा कोरियामा भएको एमबीसी कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा रजत जितेकी थिइन्। उनी २०२३ मै अजरबैजानमा भएको तेक्वान्दोको विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाएकी थिइन् ।