चितवन–३ मा दिनेश काेइरालाको अग्रता

चितवन ३ मा दिनेश कोइरालाले अग्रता लिएका छन्। उनलाई राप्रपाका विक्रम पाण्डेले पछ्याइरहेका छन्।

काठमाडौं– चितवन–३ मा नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश काेइरालाले अग्रता लिएका छन्। 

१ हजार १५५ मत गन्दा उनले २९६ मतसहित अग्रता लिएका हुन्। उनलाई राप्रपाका विक्रम पाण्डे २६५ मतसहित पछ्याइरहेका छन्। 

नेकपा माओवादी केन्द्रका डा. भाेजराज अधिकारी २५५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बराल १५० मत ल्याएकी छन्।