राप्ती बस दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो

बस राति १०:३० बजेतिर राप्ती नदीमा खसेको थियो। घाइते भएकामध्ये आठ जनाको बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

तस्वीर सौजन्य: शुक्रऋषि चौलागाईंको फेसबुक

काठमाडौँ– बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ आइरहेको यात्रुवाहक बस दाङको भालुबाङस्थित राप्ती नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। 

दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार शनिबार बिहानसम्म १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये चार यात्रुको मात्र सनाखत हुन सकेको उनले बताए। शव लमहीस्थित लमही अस्पतालमा राखिएको छ।

दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

पाँचवटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो। बस राति १०:३० बजेतिर राप्ती नदीमा खसेको थियो।