बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन सकेका छैनन्। सिँचाइ सुविधा नहुँदा वर्षौंदेखि खेती हुँदै आएका जमिनमा वनमारा पलाउन थालेका छन्।
ढोरपाटन– बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन्। सिँचाइ सुविधा नहुँदा वर्षौंदेखि खेती हुँदै आएका जमिनमा वनमारा पलाउन थालेका छन्।
बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन सकेका छैनन्। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जिल्लामा खेतीयोग्य जमिनको १५.१५ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको छ।
जिल्लामा हालसम्म ६ हजार ७९० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको छ। बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल भने दुई हजार ८१५ हेक्टर छ। यस वर्ष गण्डकी प्रदेश र संघीय सरकारका २२ करोड २४ लाख रुपैयाँ बराबरका योजना परेका छन्। “अहिले पनि धेरै ठाउँका किसाना आकाशे पानीको भरमा खेती गर्दै आएका छन्,” उनले भने, “भौगोलिक हिसाबले सिँचाइको व्यवस्थापन गर्न सजिलो छैन। यद्यपि सिँचाइ अभाव भएका ठाउँलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको छ।”
बागलुङ अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन। यहाँका हरेक किसान आयातित खाद्यान्नमै निर्भर बन्नुपरेको छ। बागलुङको अधिकांश भूभाग भिरालो छ। यी क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको निसीखोला बडिगाड गाउँपालिका–८ का तिलबहादुर घर्ती मगरले बताए।
हिउँदमा लामो समय खडेरी परे उत्पादनमा ह्रास आउने गरेको उनको भनाइ छ। सिँचाइको सुविधा भए वर्षभरि खान पुग्ने बाली बारीमै उत्पादन गर्न सकिने भए पनि सामान्य कुलोसमेत नहुँदा आयातित खाद्यान्नमा भर पर्नुपरेको गुनासो गरे। “बारी प्रशस्तै छ। के गर्नु पानी छैन। पानी नभएपछि उत्पादन पनि थोरै हुन्छ। पचासौँ रोपनीमा लगाएको मकै, गहुँले वर्षभरि खान पुग्दैन,” उनले भने, “अहिलेसम्म यो ठाउँमा सिँचाइका लागि कुलोको योजना पर्न सकेको छैन।”
निसीखोला गाउँपालिका–५ का बलिभद्र घर्तीले बालीनालीमा सिँचाइको अभाव हुँदा उत्पादनमा कमी आएको बताए। कारीखोलाबाट करिब एक किलोमिटरको दूरीमा कच्ची कुलोमार्फत पानी लिएर खेतबारीमा लगाउने गरे पनि बर्खामा भत्किँदा लाखौँको क्षति हुने गरेको छ। सरकारले बजेट विनियोजन गरेर पक्की कुलो निर्माण गरिदिए गाउँले आत्मनिर्भर भन्न सक्ने उनको भनाइ छ। सयौँ रोपनी खेत भएको ठाउँमा एउटा मात्रै साँघुरो कुलो रहेको भन्दै पानीका लागि छिमेकीसँग बेला–बेला झगडासमेत पर्ने गरेको छ।
“समयमै पानी परेको वर्ष २० मुरी धान र १५ मुरी गहुँ उत्पादन गर्नु हुन्छ,” उनले भने, “यो सिजनमा पानी परेन भने गहुँ जौ सबै सुकेर मर्छन्।” बागलुङमा सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ। जिल्लाभर मकै २० हजार हेक्टर क्षेत्रफल बढीमा उत्पादन हुन्छ।
कोदो १८ हजार हेक्टर र गहुँ सात बढी हजार हेक्टर बढी क्षेत्रफलमा उत्पादन हुने गरेको छ। कृषि ज्ञान केन्द्रका अनुसार बागलुङमा यस वर्ष २० हजार ५५१ मेट्रिक टन धान उत्पादन भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
