काठमाडौँ–८ मा सुमन सायमिको अग्रता कायमै

काठमाडौँ–८ मा सुमन सायमिको अग्रता कायमै राखेका छन्। उनलाई विराजभक्त श्रेष्ठले पछ्याइरहेका छन्।

काठमाडौँ–  काठमाडौँ–८ मा हाम्रो नेपाली पार्टी (लौरो)का सुमन सायमिको अग्रता कायमै छ। उनले १८ सय ५२ मत ल्याएका छन्। 

साँझ साढे ५ बजेसम्मको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)का विराजभक्त श्रेष्ठको १६ सय ७३ मतसहित दोस्रो स्थानमा छन्।

यससँगै एमाले(सूर्य)तर्फ शिवसुन्दर राज वैद्यले ८ सय ५७  र नेकपा एस (कलम) तर्फका जीवनराज श्रेष्ठले ६७० ले मत ल्याएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रकाश रिमालले ५१९ मत प्राप्त गरेका छन्। हालसम्म बदर मत २ सय २२ रहेको छ।