विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कुल ८६ लाख ९१ हजार ४४३ यात्रुले हवाई यात्रा गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ९.२ प्रतिशतले बढी हो।
काठमाडौँ– मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको संख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कुल ८६ लाख ९१ हजार ४४३ यात्रुले हवाई यात्रा गरेका छन्।
सन् २०२२ मा ७९ लाख ५४ हजार ४९५ यात्रुले हवाई यात्रा गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा ९.२ प्रतिशतले बढी हो। कुल यात्रु आवागमन (आन्तरिक र अन्तर्राष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ।
कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार ९१२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाई यात्रा गरेका थिए। विमानस्थलबाट एक वर्षको अवधिमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार १३७ ले हवाई यात्रा गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ३०.१८ प्रतिशतले बढी हो। यो संख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा ४.५ प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। उनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।
महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कुल यात्रु आगमन पनि बढेको जानकारी दिए। कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा ९.२ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ।
सन् २०२३ मा अन्तर्राष्ट्रिय उडान अवतरण ३१ हजार ४६० (गत वर्षको तुलनामा २९.४० प्रतिशतले) वृद्धि भएको छ। जुन कोभिडअघि सन् २०१८ को भन्दा १०.७६ प्रतिशतले घटेको छ। उक्त अवधिमा कार्गो आवागमन २२ हजार ९४६ टन भएको छ। जुन गत वर्षको तुलनामा १३.९८ प्रतिशतले घटेको छ।
आन्तरिकतर्फ हवाई यात्रा गर्नेको संख्या ४१ लाख ५० हजार ३२६ पुगेको छ। जुन गत वर्षको तुलनामा ७.०७ प्रतिशत कम हो। उक्त अवधिमा आन्तरिकतर्फ ९६ हजार ९८९ उडान अवतरण भएका छन्। उडान पनि गत वर्षको तुलनामा १०.८७ प्रतिशतले घटेको छ।
आन्तरिकमा कार्गो आगमन गत वर्षको तुलनामा १०.३६ प्रतिशतले वृद्धि भई तीन हजार ४२६.८६१ टन पुगेको महाप्रबन्धक तिवारीले बताए। उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन्।
नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ। पछिल्लो पटक गत मंसिर १९ गते नेपाल र रुवान्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
