राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ।
काठमाडौँ– आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ।
शनिबार निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो।
सात वटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। राष्ट्रियसभा सदस्य निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी कुल ५१ जना उम्मेदवारको यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ।
निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने छन्।
आयोगले निर्वाचनका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरेको छ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
राष्ट्रियसभा निर्वाचनमा ५४९ प्रदेशसभा सदस्य र एक हजार ४९८ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई हजार ४७ मतदाताले मतदान गर्ने छन्।
स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा कार्यकाल सकिन्छ। निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
