प्रहरीका अनुसार चार जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
काठमाडौँ– चन्द्रागिरि नगरपालिका–४ पानीघाटनजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
काठमाडौँबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चार जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा काठमाडौँको मैतीदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँको लाजिम्पाट बस्ने डा. महेशकुमार गौतम र ४ वर्षीय प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए। दुर्घटनामा घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको उनले बताए।
प्रहरीका अनुसार दुर्घटना अपराह्न १ः५५ बजेको समयमा भएको थियो। गाडीमा ६ जना सवार थिए। स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ।
शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
