चीनको हेनान प्रान्तको एक कोइला खानीमा भएको विस्फोटमा १० कामदारको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।
चीनको हेनान प्रान्तको एक कोइला खानीमा भएको विस्फोटमा १० जना कामदारको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।
शुक्रबार दिउँसो २ः५५ बजे पिंगडिङशानमा भएको उक्त घटनाको स्थानीय अधिकारीले शनिबार मात्रै जानकारी दिएका हुन्। पिंगडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम ‘चाइना डेली’ले स्थानीय अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा १० जनाको मृत्यु भएको जनाएको छ। समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुर्घटनाको समयमा खानीमा ४२५ कामदारले काम गरिरहेका थिए, जसमध्ये ३८० जनालाई बाहिर निकालिएको छ।
बाँकी कामदार सबै सकुशल रहेको बताइएको छ। उद्धार कार्य जारी छ। कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा अधिकारीहरूले हिरासतमा राखेका छन्।
आपत्कालीन व्यवस्थापन मन्त्रालयबाट खटिएको कार्यदल शनिबार बिहान घटनास्थल पुगेको थियो। मन्त्रालयले मृतक र बेपत्ता व्यक्तिको संख्या यकिन गर्न, खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न तथा थप जोखिम रोक्न र दुर्घटनाको कारण यथाशीघ्र पत्ता लगाउन पहल गर्न आग्रह गरेको छ।
पछिल्लो समय चीनमा खानीमा काम गर्ने क्रममा हुने दुर्घटनाबाट ज्यान गुमाउनेहरूको संख्या बढेको बताइन्छ। चीन विश्वको सबैभन्दा ठूलो कोइला उत्पादक र उपभोग गर्ने राष्ट्र हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
