दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
दाङ– शुक्रबार राति साढे १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत भएको प्रहरीले जनाएको छ। बस दुर्घटनामा सात जनाको घटनास्थलमै र पाँच जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा बाँकेका चार जना, भारतीय नागरिक तीन जना, रूकुमपश्चिम, चितवन, मकवानपुर, काठमाडौँ र जुम्लाका एक–एक जना छन्। दुर्घटनामा बाँके खजुरा गाउँपालिका–३ का सञ्जय केसी, बाँके नेपालगन्जका ६० वर्षीया कुसुम बस्नेत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, बाँके कोहलपुर–८ का २८ वर्षीय अर्पण थापाका मृत्यु भएको छ।
त्यस्तै, रूकुम साबिक गोतमकोट गाउँपालिका–९ का २५ वर्षीय दीपक कामी, चितवन भरतपुर नगरपालिका–२५ का ३५ वर्षीय अनिल खड्का, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँ, चन्द्रागिरिका ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, बहराइज नानपारा बग्लु भौतपुरका ४५ वर्षीय चेतराम सिल्पकार र उत्तर प्रदेशका ३१ वर्षीया मुनेको मृत्यु भएको हो।
मृत्यु भएकामध्ये १० जनाको शव परीक्षण भइसकेको छ भने दुई जनाका आफन्त नआएकाले शव परीक्षण हुन सकेको छैन। शवलाई लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी २४ जना घाइते भएका थिए। घाइतेमध्ये चार जना गम्भीर, ११ जना मध्यम र नौ जनाका अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। घाइतेमध्ये तीन जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ। २१ जनाको उपचार जारी छ। उनीहरूमध्ये आठ जनाको बुटवल र १३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
चालकको लापरबाहीका कारण दुर्घटना : प्रहरी
दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। इन्ट्री नगरी तीव्र गतिमा कुदाउँदा बस अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए।
“चालकले सपट बिग्रिएर दुर्घटना भएको बयान दिएका छन्,” उनले भने, “तर हामीलाई त्यस्तो लाग्दैन, नजिकै प्रहरीको इन्ट्री प्वाइन्टमै नरोकेर तीव्र गतिमा लिएकाले दुर्घटना भएको हाम्रो निष्कर्ष छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
