तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानमा मुख्यतया सफा नै रहनेछ।

काठमाडौँ– देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। 

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।  

दिउँसो, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानमा मुख्यतया सफा नै रहनेछ।

यसैगरी, राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।