घरेलु टोली न्युक्यासलमाथि जित हात पार्दै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ। सिटी शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले मात्र पछि छ।
काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र चेल्सी विजयी भएका छन्।
शनिबार राति सेन्ट जेम्स पार्कमा भएको खेलमा घरेलु टोली न्युक्यासलमाथि ३–२ को जित हात पार्दै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ। सिटी शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले मात्र पछि छ।
सिटीको जितमा केभिन डे ब्रुइन, बर्नार्डो सिल्भा र ओस्कर बबले गोल गरे। न्युक्यासलका अलेक्जेन्डर इजाक र एन्थोनी गोर्दोनले गोल गरे पनि जिताउन सकेनन्।
जितसँगै सिटीको २० खेलबाट ४३ अंक छ। एक खेल बढी खेलेको न्युक्यासल २९ अंकसहित १०औँ स्थानमा छ।

यसैबीच, अर्को खेलमा चेल्सीले फुलहमलाई १–० ले पराजित गरेको छ। चेल्सीको जितमा कोल पाल्मेरले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो। पाल्मेरले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए।
जितपछि चेल्सी ३१ अंकसहित आठौँ स्थानमा उक्लिएको छ। २४ अंक रहेको फुलहाम १३औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
